logo-img

देशमा व्यवस्था बद्लिए पनि अवस्था अपेक्षाअनुरूप बद्लिन सकेन : मन्त्री बस्नेत

जलश्रोत तथा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशमा व्यवस्था बद्लिए पनि अवस्था भने अपेक्षा अनुरूप बद्लिन नसकेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारीको १९ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्ने तर आर्थिक सामाजिक रूपान्तरणको कुरा आउँदा विरहरूको खोजी गर्ने प्रवृत्तिले अवस्था बदल्न अपेक्षाअनुरूप बद्लिन नसकेको टिप्पणी गरे । 

उनले भने, ‘राजनीति परिवर्तन र व्यवस्थाको लागि जनतालाई केन्द्रमा राख्छौँ र आधारभूत पक्ष बनाउँछौँ जनता इतिहासका निर्माता हुन् । जनताको सक्रियता र सहभागिताबिना राजनीति परिवर्तन हुँदैन । आर्थिक सामाजिक रूपान्तरणको कुरा आउँदाविरहरुको खोजी गर्छौँ। व्यवस्था बद्ल्छौँ तर अवस्था बदल्न अपेक्षाअनुरूप सक्दैनौ ।’

मन्त्री बस्नेतले जनताले आर्थिक सामाजिक क्षेत्रमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सहकारीको भूमिकार महत्वलाई अझ गम्भीरताका साथ सरकारले लिने प्रतिबद्धता जनाए । 





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १५:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया