logo-img

विश्वकप फुटबलको फाइनल आज, उपाधिका लागि स्पेन र इंग्ल्याण्ड भिड्दै

महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आज सकिँदैछ । इंग्ल्याण्ड र स्पेनले उपाधिका लागि दिउँसो प्रतिस्पर्धा गरेसँगै प्रतियोगिता सकिन लागेको हो ।

दिउँसो ३ः४५ बजे अस्ट्रेलिया रंगशालामा सुरु हुने फाइनलमा इंग्ल्याण्ड र स्पेन पहिलोपटक उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।



दोस्रो सेमिफाइनलमा घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इंग्ल्याण्ड पहिलोपटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । 

यस्तै, स्पेनले पहिलो सेमिफाइनलमा स्वीडेनलाई २–१ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । तेस्रो स्थानका लागि शनिबार ब्रिसबेनस्थित सनक्रप रंगशालामा भएको खेलमा स्वीडेनलाई जित दिलाउन फ्रिडालिना रोल्फो र कोसोभारे एस्लानीले गोल गरे ।



तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच भएको खेलको ३०औँ मिनेटमा रोल्फोले गरेको गोलबाट स्वीडेनले अग्रता बनाएको थियो । 

६२औँ मिनेटमा एस्लानीले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारिन् । योसँगै दुवै टिमबाट थप गोल नहुँदा स्वीडेनले दोस्रोपटक विश्वकपमा तेस्रो स्थान सुरक्षित गर्न सफल भयो ।



सन् २००३ को उपविजेता स्वीडेनले १९९१, २०११ र २०१९ मा तेस्रो स्थान हासिल गरेको थियो । 

२० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झन्डै ५ करोड डलर बराबरको पुरस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्याइएको छ ।

  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ९:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया