logo-img

विश्वकप ट्रफी उचालेपछि जब ओल्गाले बुबाको निधन भएको खबर सुनिन्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनलाई पहिलोपटक फिफा महिला विश्वकपको उपाधि दिलाउन कप्तान ओल्गा कार्मोनाको भूमिका महत्वपूर्ण रह्यो । उनकै निर्णायक गोलमा आइतबार सम्पन्न फाइनलमा स्पेनले इंग्ल्याण्डलाई १–० ले हरायो । स्पेनलाई विश्वकप ट्रफी दिलाउन प्रमुख भूमिका निर्वाह गरेकी ओल्गामा खुसीको सीमा थिएन । 

खेल सकिएपछि उनले ट्रफी चुमिन् । लगत्तै उनले अप्रत्यासित खबर पनि सुनिन् । त्यो खबर थियो आफ्नो बुबाको निधन । यो खबर सुनेपछि उनी एकाएक भावुक भइन् । साथीहरू जितको खुसीमा रमाउँदा ओल्गा भने परिवारका प्रमुख सदस्य गुम्दाको असह्य पीडामा थिइन् ।  



उनका बुबा लामो समयदेखि बिरामी थिए । ओल्गाको बुबाको विश्वकप फाइनल हुनु दुई दिनअघि निधन भएको थियो । स्पेनिस फुटबल महासंघले पनि फाइनलपछि मात्र ओल्गा कार्मोनाले आफ्नो बुबाको निधनको खबर सुनेको पुष्टि गरेको छ । 

फाइनलमा ध्यान केन्द्रित गर्नका लागि साथी र परिवारका सदस्यले उनलाई बुबाको मृत्युको खबर नभनेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।



खेलका क्रममा बुबा गुमाएको थाहा नपाएकी २३ वर्षीया कार्मोनाले इंग्ल्याण्डविरुद्ध गोल गरेपछि आफ्नो टी–शर्टमा साथीको आमालाई श्रद्धाञ्जली दिएको सन्देश देखाएकी थिइन् ।  उनले नवौँ संस्करणको विश्वकपमा ७ मध्ये ५ खेलमा पहिलो रोजाइमा खेलिन् । 

कार्मोनाले यस विश्वकपमा तीन गोल गरिन् । उनले सेमिफाइनलमा स्वीडेनविरुद्ध पनि निर्णायक गोल गरेकी थिइन् । स्पेनलाई विश्व च्याम्पियन बनाएकी कार्मोनाले स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्छिन् । 



  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १०:५१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया