logo-img

कोशी प्रदेशका मुख्यमन्त्री थापाले पाए विश्वास मत
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वास मत पाएका छन् । सोमबार भएको मत विभाजनमा उनले विश्वासको मत पाएका हुन् । 

बैठकमा ७७ सांसद उपस्थित भएकोमा उनको पक्षमा ४७ जनाले मतदान गरेका हुन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । 

मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा रहेको सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसदको समर्थन छ । 
विपक्षमा एमालेका उपसभामुख बाहेक ३९ र राप्रपाको ६ जना सांसद छन् ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १८:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया