logo-img

बंगलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता : ऊर्जामन्त्री बस्नेत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यही वर्ष औपचारिकरूपमा घोषणासमेत गरिने स्पष्ट पारे ।  

‘औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ,’ उनले भने । मन्त्री बस्नेतले सुक्खा र वर्षा दुवै समयमा नेपाल विद्युतमा आत्मनिर्भर हुन लागेको बताए । ‘हामी पूर्णरूपमा आत्मनिर्भर बन्दैछौँ,  यससँगै सबै समस्याको समाधान हुन्छ’, उनले भने ।  

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ । ५० प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्‍याएको भन्दै उनले हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे ।  

‘अबको सुक्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन् । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ,’ मन्त्री बस्नेतले भने ।

यससँगै सर्वसुलभरूपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको उनले बताए । ‘सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम हामीले गरिरहेका छौँ,’ मन्त्री बस्नेतले भने । 





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार १२:८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया