logo-img

ओली यही वर्ष पक्राउ पर्दै छन्, पक्राउ पर्ने डरले संसद अवरुद्ध गर्दै छन् : मेटमणि चौधरी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।

मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओली सुन तस्करीमा पनि संलग्न रहेको उनको आरोप छ । 

सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आए पनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको उनले बताए । पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद अवरुद्ध गरिरहेको उनको आरोप छ । 

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले विश्वभरका मानिसले नेपालको होइन, यो सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन् । हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ,’ उनले भने, ‘केपी ओली चाँडै पक्राउ पर्दै छन्, त्यसकै डरले केपी ओलीले संसद अवरोध गर्ने बखेडा झिकिरहेका छन् । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्स अघि बढ्छ ।’





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया