logo-img

विश्वकप विजेता स्पेनिस महिला टिमलाई मड्रिडमा भव्य स्वागत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

विश्वकप विजेता स्पेनिस महिला विश्वकप टोलीलाई मड्रिडमा भव्य स्वागत गरिएको छ । विश्वकप विजेता भइ घर फर्किएका उनीहरूलाई मड्रिडमा भव्य स्वागत गरिएको हो । 

उनीहरूलाई राजधानीमा हजारौं समर्थक तथा शुभचिन्तकले स्वागत गर्दै हौसला प्रदान गरेका थिए ।



ओल्गा कार्मोनाले २९औँ मिनेटमा गरेको गोलमा इंग्ल्याण्डलाई १–० ले हराउँदै फाइनलको उपाधि जितेको थियो । मड्रिडमा विश्वकपकी गोलकर्ता कार्मोनाको लागि विशेष समर्थन भएको थियो ।

उनलाई विश्वकप खेलिसकेपछि मात्रै बुबाको निधनको खबर दिइएको थियो । उनको बुबाको मृत्यु विश्वकपको दिन आइतबार खेल सुरु हुनुभन्दा केही समय अघि मात्रै भएको थियो ।   





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १२:१५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया