logo-img

गौरालगायतका पर्वले भावनात्मक एकतालाई बलियो बनाएको छ : अध्यक्ष तिमिल्सिना
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले बहुजातीय, बहु धार्मिक, बहुभाषिक र बहु सांस्कृतिक विविधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको बताएका छन् । 

गौरा पर्वको अवसरमा उनले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म  विशेष गरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख, शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहित महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाट बनेको ‘बिरुँडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।

अध्यक्ष तिमिल्सिनाले यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषा भाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया