logo-img

सावित्राको टोली एथेना कपको फाइनलबाट वञ्चित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको फाइनल पुग्नबाट वञ्चित भएको छ । बिहीबार राति भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा रोकिएको हो । 

युरोपेली च्याम्पियन लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले ३–० को जित निकाल्दै फाइनलको स्थान सुरक्षित गरेको छ । पछिल्ला खेलमा फराकिलो हार बेहोरेको रानानाले लिग च्याम्पियनविरुद्ध भने राम्रो प्रदर्शन गर्‍यो । 

नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वी विरुद्ध केही अवसर पाए पनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सकिनन् । 





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया