तापमान वृद्धिको असरबारे जनचेतना जगाउने उद्देश्यले, मनाङमा खेलकुद प्रतियोगिता हुने भएको छ ।
विश्वव्यापी रुपमा हिउँचितुवा, चौँरी र हिमालयको संरक्षणका लागि कलाकार र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद प्रतियोगिता हुने भएको हो ।
काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जैविक विविधता संरक्षण समाज नेपालले मनाङको चामे, पिसाङ र मनाङमा फुटबल तथा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।
त्यस्तै, सो अवसरमा महिला तथा युवा समूहले स्थानीय सांस्कृतिक कला प्रदर्शन गर्नेलगायत कार्यक्रम तय भएको पनि जानकारी दिइएको छ ।
सो अवसरमा त्यस क्षेत्रका चर्चित पर्यटकीय गन्तव्यको भ्रमणको समेत कार्यक्रम राखिएको जानकारी दिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।