logo-img

एन्फाले गर्यो यू-१६ राष्ट्रिय फुटबल टोलीको बिदाइ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अखिल नेपाल फुटबल संघ एन्फाले भुटानमा हुन लागेको साफ अन्डर १६ फुटबल प्रतियोगिताका लागि आज नेपाली राष्ट्रिय टोलीलाई शुभकामनासहित बिदाइ गरेको छ ।
 
बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमको आयोजना गरी एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले यू १६ राष्ट्रिय फुटबल टोलीलाई जितको शुभकामना दिँदै बिदाइ गरे  । टोलीमा २३ जना खेलाडी,प्रशिक्षक,हेड कोच,फिजिसियन,असिस्टेन्ट कोच लगायत कूल ३० सामेल रहेका छन् । 

उनले टोलीलाई संयमतापूर्व खेलेर जित निकाल्नका लागि सुझाए । उनले भने,‘तपाईँहरूको उमेर भनेको बढी चाँडो रिस उठ्ने,आफूले आफैँलाई सम्हाल्न नसक्ने उमेर हो । विशेष तपाईँहरूले खेलको अनुशासनमा रहेर रिसलाई हात र मुखमा भन्दा पनि खुट्टाबाट देखाउन पर्‍यो । टिम भावनाले खेल्नुपर्‍यो । जबसम्म तपाईँहरूले टिम भावनाले खेल्नु हुन्न, जित्न सकिँदैन । खेल्दै जाँदा कमीकमजोरी हुन्छ, त्यसलाई दोहोर्‍याउनु भएन । जित्दाखेरीको अवस्था र हार्दाखेरीको अवस्थामा संयमित भएर खेल्दिन पर्‍यो ।’ 

अध्यक्ष नेम्वाङले अहिलेको टीमबाट उपलब्धिको ठूलो आशा रहेको समेत बताए । 





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया