logo-img

अर्थतन्त्रको स्वरूप बदल्न जरुरी छ : पूर्वअर्थमन्त्री पाण्डे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको अहिलेको अर्थतन्त्रको ट्रेन्डलाई बदल्न जरुरी भएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित साना राज्य क्षमताहरू : नकारात्मक प्रतिस्पर्धा र नेपालमा विदेशी नीति प्राथमिकतासम्बन्धी सेमिनारमा उनले दुई छिमेकी राष्ट्रको बढ्दो ठूला अर्थतन्त्रबाट फाइदा लिन सक्नेगरी अर्थतन्त्रको स्वरूप फेर्नुपर्ने बताएका हुन् ।  

उनले नेपालको अर्थतन्त्रको हालको ट्रेन्डलाई बदल्न अमेरिकालगायतका ठूला शक्ति राष्ट्रको साथ चाहिने उल्लेख गरे । उनले दुई छिमेकीको बढ्दो ठूलो अर्थतन्त्रबाट नेपालले फाइदा लिन पूर्वाधार र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्नेमा जोड दिए । 

पाण्डेले नेपालको पर्यटन र पूर्वाधार क्षेत्रको विकाससँगै अर्थतन्त्रलाई गति दिनभारत र चीनको एक/एक करोड टुरिष्ट भित्र्याउने गरी कार्य गर्न आवश्यक रहेको बताए ।

‘हामी धेरै परको टुरिष्टको कुरा गछौँ, नजिकको कुरा हामी छोडिरहेका छौँ । त्यसको लागि पूर्वाधार बनाउने उनीहरूले यहाँखर्चगर्ने वातावरण बनाउनेतर्फ हामीले यहाँ कुरा गयौंभने अलिकति अर्थतन्त्रको स्पेस देखिरहेको छ,’ पाण्डेले भने ।

उनले नेपालमा चाइनिज वस्तु पहिला चाइनाबाट नेपाल आउने र भारतीयले पनि काठमाडौंबाट भारत लैजाने गरेकोमा हाल भारतबाट चाइनिज वस्तु नेपालभित्र नथालेको भन्दै वस्तु आयातको बदलिँदो पछिल्लो अवस्थाबारे चिन्ता प्रकट गरे । 



हाल विदेशी मुद्र सञ्चितिदर राम्रै रहे पनि आर्थिक चुनौती यथावत नै रहेको उनको भनाइ छ ।

‘ऋणको चिन्ता छ हामीलाई नभएको होइन । विदेशी मुद्राको पनि बेला मौका छ । तर यतिखेर विदेशी मुद्रा अहिलेको हिसाबले पुग्ने छ । किनभन्दाहाम्रा मान्छे बाहिर गइदिएका छन् उताबाट पठाएका छन् । त्यो हुनाले यतिखेर कुनै संकट छैन,’ पाण्डेले भने, ‘तर हामीलाई डोमेस्टिक ऋणको बढी भार पर्ने देख्दैछु म बाहिरको भन्दा । बाहिरको ऋण हाम्रो आउनै छोड्यो । हामी बजेटमा जति ऋण लिने भनेर घोषणा गर्छौँ, आर्थिक वर्षको अन्त्यमा २० देखि २५ प्रतिशतमात्रै विदेशी ऋण आउँछ । बढीमा पनि १०/१५ प्रतिशतभन्दा बढी ग्रान्ट आउनै छोड्यो । घोषणा गरेअनुसारको ग्रान्ट आउँदै आउँदैन ।’  



  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार १३:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया