logo-img

आज चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसारका आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यस्तै, देशका बाँकी भू–भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

सरदर स्थानभन्दा उत्तरतिर रहेको न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीका कारण देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

हल्का तथा मध्यम वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ । 





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया