logo-img

विद्युत् विधेयक छिट्टै संसदमा पेस हुन्छः ऊर्जामन्त्री बस्नेत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसदमा पेस हुने बताएका हुन् । उनले सञ्चारकर्मीमाझ सो जानकारी गराएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले सो विधेयक संसदमा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ छ ।

मन्त्री बस्नेतले सो विधेयक चालू संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सो विधेयकलाई चालू संसद् अधिवेशनबाटै पारित गराउने गरी सांसदसँग औपचारिक/अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए ।  

‘पार्लियामेन्टमा हामी दर्ता गर्दैछौँ । क्याबिनेटले पार्लियामेन्टमा दर्ता गर्ने निर्णय गरिसकेको छ । त्यसकारण छिट्टै अब हामी विद्युत विधेयक संसदमा पेस गर्छौँ । यही अधिवेशनबाट नै त्यसलाई अन्तिम रूप दिने हाम्रो प्रयास हुनेछ । त्यसअनुसार हामी पार्लियामेन्टका मेम्बरहरूसँग पनि औपचारिक, अनौपचारिक छलफल गरिरहेका छौँ,’ मन्त्री बस्नेतले भने, ‘हाम्रो के विश्वास छ भने यो विधेयकले ऐनको रूप लिइसकेपछि अब ऊर्जा क्षेत्रको उत्पादन वृद्धि गर्नका लागि, प्रशारण लाइनलाई थप विस्तार र व्यवस्थित गर्नका लागि, वितरण प्रणालीलाई गुणात्मक बनाउनका लागि, गुणस्तरीय बनाउनका लागि र यसको निर्यातलाई व्यवस्थित गर्नका लागि मद्दत गर्नेछ । र, यस क्षेत्रको विकासका लागि  र विस्तारको लागि त्यो निकै महत्वपूर्ण हुनेछ, अहिलेको विद्युत् विधेयक भन्ने हामीले विश्वास लिएका छौँ ।’

उनले सरकारले मुलुकको समृद्धि, विद्युतको आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पारे । 





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार १३:५५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया