logo-img

यु–१६ साफ च्याम्पियनसिप फुटबल : बंगलादेशसँग नेपाल पराजित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बंगलादेशमा सुरु भएको यु–१६ साफ च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएको छ । प्रतियोगितामा नेपाल घरेलु टोलीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलमा घरेलु टोली बंगलादेशले दोस्रा हाफमा निर्णायक गोल गरेको थियो ।

४७औँ मिनेटमा बंगलादेशका अशिकुर रहेमानले गोल गर्दै अग्रता दिलाएका थिए ।

नेपालले लगातार प्रयास गरे पनि गोल फर्काउन असफल भएको थियो । अन्तिम ह्विसल बज्नुअघि पाएको प्रिकिक पोस्टमाथिबाट बाहिरिएपछि नेपाल १–० गोल अन्तरले स्तब्ध बन्न पुग्यो ।





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया