logo-img

बुकायो साकाले फेरि जिते इंग्ल्याण्डको वर्ष खेलाडी अवार्ड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बुकायो साकाले यसपालि पनि वर्ष इंग्ल्याण्डको वर्ष खेलाडीको अवार्ड जितेका छन् । आर्सनलका विंगरसमेत रहेका २२ वर्षीय साकाले सपोर्टरको मतका आधारमा लगातार दोस्रोपटक यो अवार्ड जितेका हुन् ।   

यस्तै, मिडफिल्डर जुड बेलिङहम दोस्रो र ह्यारी केन तेस्रो स्थानमा रहे । साकाले इंग्ल्याण्डका लागि १० खेल खेल्दै ७ गोल गरेका छन्् । उनले ओल्ड ट्राफोर्डमा नर्थ मेसोडोनिया विरुद्ध ७–० को जितमा करियरकै पहिलो ह्याट्रिक गरेका थिए ।

गत डिसेम्बरमा कतारमा भएको फिफा विश्वकपमा साकाले इंग्ल्याण्डका लागि ३ गोल गरेका थिए ।

साकाले गत सिजन आर्सनलमा गरेको प्रदर्शनका आधारमा पीएफए युवा वर्ष खेलाडीको अवार्डसमेत जितिसकेका छन् । 
 
 





  • प्रकाशित मिति : भदौ २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया