logo-img

भारतसँगकाे हारसँगै प्रतियोगिताबाट बाहिरियो नेपाल

साफ यू–१६ च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा भारतसँग नेपाल १–० ले पराजित भएको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । भारतको जितमा मोहम्मद अर्बाशले खेलको ३३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए ।

नेपालको समूहबाट भारत ६ अंकका साथ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाललाई हराएको बंगलादेश तीन अंकसहित दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्न सफल भयो ।  





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया