logo-img

गृहमन्त्रीलाई गगन थापाको प्रश्न- काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ?

प्रतिनिधिसभा सदस्य गगन थापाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि कुखुरी प्रहार गर्नेलाई कडा कारबाहीको माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस घटनालाई सामसुम पार्ने कोसिस भइरहेको भन्दै यस विषयको गहिरो अनुसन्धान गर्न माग गरेका हुन् । 

‘एउटा सन्काहा सन्केर हान्यो भनेर एउटा भाष्य निर्माण हुँदैछ, यसलाई थामथुम पर्ने, सामसुम पार्ने कोसिस हुँदैछ । म सरकारलाई सचेत र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, यो विषयमा गहिरो अनुसन्धान होस्, योसँग जोडिएका सबै पक्ष पनि उजागर होस्,’ थापाले भने ।  

उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई काठमाडौंमा सांसदले एक्लै हिँड्न नसक्ने अवस्था आएको हो भन्दै प्रश्नसमेत गरे ।

‘गृहमन्त्रीलाई सोध्न चाहन्छु के अब हामीले काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ । हामी एक्लै हिँड्न हुने होकि नहुने हो ?,’ थापाले प्रश्न गरे ।  





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया