logo-img

सदनमा गगनकाे गर्जन : कोही जलाइदिन्छु भन्छन् कोही खुकुरी हान्छन्, प्रधानमन्त्री-गृहमन्त्रीचाहिँ भाषणबाजीमा रमाएर हिँड्ने ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि दिनदहाडै आक्रमण भएको घटनाले प्रधानमन्त्री र गृहमन्त्रीको अक्षमता पुष्टि भएको आरोप लगाएका छन् । 

बुधबार दिउँसो सहमहामन्त्रीमाथि भएको घटनालाई कांगेसले गम्भीर रुपमा लिएको भन्दै थापाले बिहीबार प्रतिनिधिसभा बैठकमा सो विषय उठाएका हुन् । गृहमन्त्रीले काम गर्नेभन्दा सार्वजनिक खपतका लागि भाषणबाजीमै रमाएको उनले आरोप लगाए । 
उनले भने, ‘के अब हामीले काठमाडौंमा एक्लै हिँड्न पनि नहुने भएको हो ? कोही जलाइदिन्छु भन्छन् कोही खुकुरी हान्छन् । हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’

त्यस्तै, उनले प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक रूपमा गैरजिम्मेवार रुपमा बोल्दै हिँड्ने गरेको भन्दै बोल्नेभन्दा काम गरेर देखाउन सुझाए । 

उनले भने,‘म प्रधानमन्त्रीले, गृहमन्त्रीले ठाउँठाउँमा बोल्दै हिँडेको सुनिरहेको छु । यसलाई छाडिने छैन, यस्तो गरिने छैन । म आग्रह गर्छु धेरै बोल्ने होइन काम गर्ने हो । हामी परिणाममा हेर्न चाहन्छौँ,’उनले थपे‘काठमाडौंमा संविधानसभाको सदस्य भएको व्यक्ति एउटा सार्वजनिक कार्यक्रमबाट फर्किंदा ऊ सुरक्षित छैन भने प्रधानमन्त्री गृहमन्त्रीलाई यो विषयले पोल्नुपर्छ कि पर्दैन ?’

त्यस्तै, उनले उक्त विषय यादवको मात्रै नभएको र नेपाली समाजमा हिंसात्मक घटना र अराजकतालाई स्थान दिन खोजेको भन्दै त्यसलाई सामान्य रूपमा लिन नहुने बताए । 

‘अराजकताले जसरी नेपाली समाजलाई गाँज्न खोज्दै छ र कुनै न कुनै माध्यमबाट जसरी हामी यसलाई वैध वा जायज ठहर्याउने कोसिस गर्दै छौँ,’ गगनले भने, ‘यसको ठूलो मूल्य नेपाली समाजले चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसको बारेमा हामी सबै सचेत हुनुपर्छ ।’ 



प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी रहेको नेकपा एमालेले पनि यादवमाथिको घटनामा सरकारको जवाफ माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले उक्त घटनालाइ गम्भीर रूपमा लिनुपर्ने र सरकारले सदनमा जवाफ दिनुपर्ने बताए । 

उनले भने, ‘जुन प्रकारको जे परिस्थिति बन्यो, सरकारले गम्भीरताका साथ यसलाई सदनमा आएर जवाफ दिनुपर्छ ।’



  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया