logo-img

नेपाल र म्यानमार आज मैत्रीपूर्ण फुटबल खेल्दै

नेपाली फुटबल टिमले आज म्यानमारसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र म्यानमारबीचको खेल अपरान्ह सवा ४ बजे याङ्गुनस्थित थुवुन्ना स्टेडियममा हुनेछ ।

म्यानमार हाल फिफाको वरीयताको १६० औँ र नेपाल  १७५ औँ स्थानमा छ । म्यानमारसँग हालसम्म नेपालले २ खेल खेलेको छ । जसमा नेपालले दुई खेलमै हार बेहोरेको छ । 

नेपाल र म्यानमारबीचको दोस्रो मैत्रीपूर्ण खेल सोमबार हुनेछ ।

नेपाली टोली 

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल । 

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।



मिडफिल्डर : अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया । 



  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया