logo-img

मैत्रीपूर्ण फुटबल : नेपाल र म्यानमारबीच गोलरहित बराबरी

नेपाल र म्यानमारबीचको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी भएको छ । उसैको मैदानमा भएको खेलको ६३औं मिनेटमा नेपालले पेनाल्टीमार्फत गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेन ।

तर, नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । 

पहिलो हाफमा पनि नेपालले पाएको गोल गर्ने मौका गुमाएको थियो । म्यानमारले पनि धेरै अवसर खेर फालेको थियो ।

फिफा वरीयतामा म्यानमार नेपालभन्दा १५ स्थान माथि छ । यसअघि नेपालले दुईवटा मैत्रीपूर्ण खेल खेलेकोमा दुवैमा हार बेहोरेको थियो । 

अब नेपालले म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण खेल सोमबार खेल्नेछ । यो खेल पनि म्यानमारकै घरेलु मैदानमा हुनेछ ।





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया