logo-img

आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हाल  मनसुनको  न्यून  चापीय  रेखा सरदर  स्थानको  दक्षिणतिर  अवस्थित  रहेको मौसमविदले जनाएका छन् । यस्तै, नेपालमा  हाल  भारतको  मध्य  प्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यून  चापीय  प्रणालीको  समेत  आंशिक  प्रभाव  रहेको  छ ।  

आज बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतः बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यतया बदली भई एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यतः बदली र बाँकी प्रदेशमा  आंशिक देखि  सामान्य  बदली  रहनेछ । बागमती,  गण्डकी,  कर्णाली  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थान तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन/चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ । सुदूरपश्चिम प्रदेशको  एक/दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  महाशाखाले जनाएको छ ।  

राति देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ ।  लुम्बिनी,  गण्डकी  र  सुदूरपश्चिम  प्रदेशका  केही  स्थानमा  तथा  बाँकी  प्रदेशका  थोरै  स्थानमा  मेघ  गर्जन/चट्याङसहित  हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  महाशाखाले जनाएको छ । 

साथै काेशी र  सुदूरपश्चिम  प्रदेशको  एक/दुई स्थानमा  भारी  वर्षाको  समेत  सम्भावना  रहेको  छ । वर्षाका कारण  नदीको  जल  सतह  हल्का  बढ्न  सक्ने,  गेग्रान  बहाव,  बाढी,  पहिरो,  भू–क्षय  जस्ता  प्रकोप  हुन  सक्ने  भएकोले  जन  स्वास्थ्य,  कृषि,  दैनिक  जनजीवन,  सडक  तथा  हवाई  यातायातमा  हुन  सक्ने  असुविधा,  जोखिम  रहने हुँदा सो बाट हुन सक्ने क्षतिबाट  बच्न  आवश्यक  सतर्कता  अपनाउन  महाशाखाले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया