logo-img

बागमती प्रदेश : चारवटा विधेयक प्रस्तुत

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको पहिलो बैठकमा बागमती प्रदेश, सामाजिक विकासमन्त्री कुमारी मोक्तानका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत गरेका छन् । 

यसैगरी, उक्त बैठकमा स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका छन् । 

यस्तै, बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकासमन्त्री डा राजेन्द्रमान श्रेष्ठका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरे ।
    
उक्त बैठकको आज शून्य समयमा बोल्ने सदस्यहरुले राष्ट्रिय सरोकारको विषयसँग सम्बन्धित पक्षलाई सरकारले कार्यान्वयन गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । सोही बैठकमा सहभागी सदस्यहरुले काठमाडौं उपत्यकाका सडकहरूमा खाल्टाखुल्टीका कारणबाट सडक दुर्घटना बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरेर सडकको स्तरोन्नति गर्न आग्रह गरे । 

यस्तै, बैठकमा उनीहरूले धार्मिक सहिष्णुता र समाजलाई एकताबद्ध राख्न र नेपाली–नेपालीबीच सद्भाव र एकतालाई जोड्ने कार्यमा प्रदेश सरकार र प्रदेशसभाले चनाखो भएर ध्यान पुर्याउनुपर्नेमा जोड दिए । 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया