logo-img

नेपालले आज म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल्दै
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आज म्यानमारसँग खेल्दैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा घरेलु टिम म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र म्यानमारबीचको खेल याङगुनस्थित थुवुना रंगशालामा दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

गत शुक्रबार भएको पहिलो खेल गोलरहित अवस्थामा टुंगिएको थियो । उक्त खेलमा नेपालले पेनाल्टी पाउँदा पनि जित निकाल्न सकेन । अञ्जन विष्ट पेनाल्टीमा चुक्दा नेपाल गोलरहित बराबरीमा रोकिन बाध्य भएको थियो ।  



नेपाली टोली 

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल । 

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा ।



मिडफिल्डर : एरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु ।

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया । 



  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार ९:४६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया