logo-img

नेम्वाङ एमालेको मात्रै होइन, सबै पार्टीको नेता हुनुहुन्थ्यो : गगन थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनले आफूले अभिभावक गुमाएको महसुस गरेको बताएका छन्। नेकपा एमालेको पार्टी कार्यालयमा नेम्वाङ्प्रति श्रद्धान्जली व्यक्त गर्दै उनले आफू पहिलोपटक सांसद भएर संसद छिर्दाको पल स्मरण गर्दै अभिभावक गुमाएको महसुस भएको बताए । 

उनले भने, ‘म पहिलोपटक सांसद भएर जाँदै गर्दा मैले बोल्ने बोली र मैले लगाउने लुगा पनि राम्रो भएन, बद्ल्नू भनेर भन्नुभएको थियो । नयाँ आएका सांसदहरुलाई संसदको मर्यादा सिकाउनुपर्छ भन्ने सोच भएको व्यक्ति हुनुहुन्थ्यो । अभिभावकत्व गुमाएको महसुस भएको छ ।’
 
उनले हरेक छलफल र वार्तामा नेम्वाङ हुँदा त्यसले मूर्त रुप पाउँछ भन्ने विश्वास बढ्ने गरेको भन्दै उनले नेम्वाङ एमालेको मात्रै नभई सबैको साझा नेता भएको बताए । ‘कुनै पनि छलफल, वार्ता र संवादमा सुवास नेम्वाङ हुनु भनेको टुंगिने बाटोतर्फ गएको छ भन्ने हामीलाई लाग्ने गर्दथ्यो । एमाले मात्रै होइन, माओवादी, नेपाली कांग्रेस सबैले साझा नेताको रुपमा उहाँलाई सम्झिने गर्छ,’ उनले भने ।
 
त्यस्तै नेम्वाङको आँट र दृढ संकल्पले नै संविधान निर्माणले पूर्णता पाएको भन्दै नेता थापाले यो संविधानमाथि गर्व गर्ने हरेकले नेम्वाङलाई बिर्सन नसक्ने बताए ।
 
उनले भने ‘२०६२, ६३ को आन्दोलनपछि आवश्यक भएको पात्र सुवास नेम्वाङ मात्रै हुनुहुन्थ्यो। संविधान निमार्ण गर्ने समयमा पनि दृढ संकल्प बोकेको मानिसको आवश्यकता थियो । जसले यो पटक संविधान बनाउनै पर्ने दबाब थियो । त्यो दबाबलाई थेग्न सक्ने र दृढताका साथ लाग्न सक्ने क्षमता पनि उनमा थियो । त्यस्तो नभएको भए आज नेपालमा संविधान हुने थिएन,’ उनले भने ‘कसैले संविधान बन्यो भनेर खुसी मनाउँछ भने त्यसले संविधान निमार्णमा सुवास नेम्वाङको भूमिकालाई पनि याद गर्छ भन्ने लाग्छ ।’ 

गगन नेपाल विद्यार्थी संघको महामन्त्री हुँदा राजद्रोहको मुद्दामा जेल परेका थिए । त्यसबेला गगनका तर्फबाट बहस गरेर नेम्वाङले नै उनीहरुलाई जेलमुक्त गरेका थिए । 





  • प्रकाशित मिति : भदौ २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया