logo-img

तीनकुने हत्या प्रकरण : छानबिन गर्न पाँच सदस्यीय समिति गठन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ ।

राठौरको नेतृत्वमा बनेको छानबिन समितिमा प्रहरी नायब उपरीक्षकहरु हरि खतिवडा, सुवास खड्का र सुरक्षा केसी तथा प्रहरी निरीक्षक वीरेन्द्र केसी समेत रहेका छन् ।

आज विहान तीनकुनेमा टाउको र शरीरका विभिन्न भागमा खुकुरीजस्तो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो । काष्ठ मिलमा गेट पालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनी श्रीमती वर्ष ५२ की  अम्बिका भुजेल, कुमारकी आमा वर्ष ७६ की सुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नवीन राईको हत्या भएको हो ।

प्रहरीले चार जना आरोपीलाई पक्राउ गरेर अनुसन्धान पनि गरिरहेको छ । 



तीनकुने हत्या प्रकरण : दीपेन्द्रले प्रहरीमा आत्मसमर्पण गरेसँगै थप तीन जना पक्राउ





  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया