logo-img

बिपीको जीवन पद्धति बुझ्न उनकाे साहित्य पढ्नुपर्छ : गगन थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘जेल डायरी’ पढेर मात्र पनि बिपी कोइरालालाई बुझ्न सकिने बताएका छन् ।
 
शनिबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । 

बिपीले लेख्ने कथा र संस्मरणमा धेरैजसो दुःख, पीडाका कुरा हुने भन्दै उनले बिपी कोइरालालाई उक्त डायरीका आधारमा पनि धेरै बुझ्न सकिने बताए । 

उनले भने, ‘बिपी कोइरालाले आफूले लेख्ने कथा, कविता र घटना स्मरणमा धेरैजसो दुःख पीडाका कुरा हुन्छन् भन्नुभएको थियो, त्यसैले यो डायरी पढेपछि कतिले मलाई के भन्लान् भने सधैँ नमेटिने कष्ट र निराशामा भएको पात्र रहेछु भन्लान् भन्नुभएको छ । यो सबै कुराले गर्दा यो डायरीका आधारमा पनि बिपी कोइरालालाई धेरै बुझ्न सकिन्छ ।’

उनले बिपीको साहित्य पढ्यो भने उनको जीवन मूल्य र जीवन पद्धति बुझ्न सकिने बताए ।
 





  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया