logo-img

गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : थप एकजना पक्राउ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको तिनकुनेस्थित गैह्रीगाउँमा भएको चार जनाको सामूहिक हत्या प्रकरणमा संलग्न भएको आशंकामा थप एकजना पक्राउ परेका छन् । सीसीटीभी फुटेजमा देखिएमा सन्दिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

उनी उक्त सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुन सक्ने प्रहरीको अनुमान छ । शनिबार प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो ।

दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो ।

कुमार  दिव्य सः फर्निचर मिलका सुरक्षा गार्ड हुन् । मिल भित्र धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शनिबार बिहान ४ जनाको शव फेला परेको थियो ।
 
 







  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया