logo-img

बागमतीसहित तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल देशका सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका अधिकांश भू–भागमा सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन/चट्याङ हल्का वर्षा भइरहेको छ भने बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।  

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए ।   

आज कोशी, बागमती र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । पछिल्लो तीन घण्टा यता विशेष गरी कोशी प्रदेशको इलाम, झापा, मोरङ र सुनसरी तथा गण्डकी प्रदेशको म्याग्दी आसपास क्षेत्र र लुम्बिनी प्रदेशको बर्दिया क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ । 

काठमाडौंमा अपरान्हपछि मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको र अहिले काठमाडौंको वायुको तापक्रम २३ डिग्री सेन्डीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् झाले बताए । 

आज काठमाडौंमा अधिकत तापक्रम २९ देखि ३१ डिग्री सेन्टिग्रेडको बीचमा रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।​ यसैगरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी भू–भागको थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया