बागमती कांग्रेसका सभापति बानियाँ भन्छन्– संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन

नेपाली कांग्रेसका बागमती प्रदेशका सभापति इन्द्र बानियाँले सरकारले प्रदेश संरचनालाई बेवास्ता गरेकाे आराेप लगाएका छन् । यस्तै अवस्था रहे संघीयता धेरै समय नजाने उनले दाबी गरे । 

कांग्रेसकाे केन्द्रीय समिति बैठकमा बाेल्दै उनले एकात्मक राज्यप्रणाली अवधारणा अनुसार सरकार चलेको आभास भइरहेको गुनासो गरे । ‘संविधानले चिनेको व्यवस्थाअनुसार आज प्रदेश अघि बढ्न सकेन,’ बानियाँले भने, ‘यही तरिका हो भने यो संघीयता लामो समय जाने छाँटकाँट देखिँदैन ।’

प्रदेश सरकारसँग झण्डा र डण्डा भए पनि हतियारविहीन भएर लडाइँ लड्न जाने सिपाहीजस्तो बनाइएको बानियाँले बताए । प्रदेश भनेको संघीयता र पहिचान भए पनि अधिकारविहीन राखिएको उनले गुनासो गरे । 

संघीयतालाई बलियो बनाउने हो भने संविधान संशोधनको आवश्यकता रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारको दोस्रो कार्यकाल हुँदा समेत प्रहरी, निजामती, शिक्षा ऐन बनाउन केन्द्र सरकार बाधक रहेको बताए । 





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया