logo-img

साफ यू–१९ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित

साफ यू–१९ च्याम्पियनसिपअन्तर्गत आफ्नो पहिलो खेलमा घरेलु टोली नेपाल १–० शून्यले पराजित भएको छ । 

दशरथ रंगशालामा भएको खेलमा मध्यान्तरअघिसम्म गोलरहित बराबरी खेलेको नेपाललाई पराजित गर्न पाकिस्तानका लागि अली जफ्फरले ७५औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

उनले खेलको ७५औँ मिनेटमा उत्कृष्ट गोल गर्दै घरेलु समर्थकलाई स्तब्ध बनाएका हुन् । 

पहिलो हाफमा केही दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

खेलको नवौँ मिनेटमा मुहम्मद अदिल योउनासको फ्रिकिक पोष्टको माथिबाट बाहिरिएको थियो । ११औँ मिनेटमा कुशल देउवाको पासमा समीर तामाङको प्रहारले पोष्टको गति लिन सकेन ।

२७औँ मिनेटमा शाहजहानको फ्रिकिक गोलरक्षक जियारत शेखले पन्च गर्दै बचाएका थिए । 



नेपालले समूहको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्ससँग खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । 

नेपालले यो प्रतियोगिता सन् २०१५ मा जितेको थियो । यसबीचमा यु–१९ स्तरीय साफ च्याम्पियनसिप आयोजना भएको थिएन ।



सन् २०१७ र २०१९ मा साफ यु–१८ च्याम्पियनसिप भएको थियो भने सन् २०२२ मा साफ यु–२० च्याम्पियनसिप आयोजना भएको थियो । 

नेपालले सन् २०१७मा आयोजना भएको साफ यु–१८ च्याम्पियनसिप पनि जितेको थियो ।
 

  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया