logo-img

विद्यालय शिक्षा विधेयक संशोधनमा पहल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य समितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विद्यालय शिक्षा विधेयकबारे पार्टीको धारणा सार्वजनिक गर्दै सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिलाई सकारात्मक रूपमा लिएको र विधेयक परिमार्जनका लागि आवश्यक पहल गर्ने बताए । 

शर्माले भने, ‘विद्यालय शिक्षाको वर्तमान अवस्था परिवर्तन गर्न र शिक्षक एवं विद्यालय कर्मचारीका वर्षौँदेखिका समस्या समाधान समयानुकूलको ऐन प्रतीक्षित थियो । अघिल्लो ऐन र कानुनी व्यवस्थाका तुलनामा प्रस्तावित विधेयकले कतिपय महत्त्वपूर्ण विषय समेट्नु एकातर्फ सुखद छ ।’

महामन्त्री शर्माले विद्यालय शिक्षक र विद्यालय कर्मचारीको जायज र उपयुक्त मागलाई सम्बोधन गर्न नसकेको बताए ।  

उनले भने, ‘यो विधेयकलाई ऐन बनाउँदा यसमा परिमार्जन, संशोधन गर्नुपर्ने विषय छन् । संसदमा दर्ता भएको विधेयकलाई संसदीय पक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउन पहल कदमी लिने प्रतिबद्धता समेत जाहेर गर्दछ ।’ 
 





  • प्रकाशित मिति : असोज ५, २०८० शुक्रबार २०:६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया