logo-img

आन्तरिक एकता सबल नभए विकासको कुरा खोक्रो नारा : ज्ञानेन्द्रबहादुर कार्की

 पूर्व सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मूलक शान्तिको बाटोमा नगएसम्म राष्ट्रियता सबल हुन नसक्ने बताएका छन् । 

आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले आन्तरिक एकता सबल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुने बताएका हुन् । 

‘मूलक शान्तिको बाटोमा गएन भने हाम्रो राष्ट्रियता सबल हुन सक्दैन,’ उनले भने, ‘राष्ट्रियता र आन्तरिक एकता सबल भएन भने विकास र समृद्धिको नारा केवल सपना मात्र हुन्छ ।’

उनले अहिले मुलुकको आवश्यकता विकास र समृद्धि भएको बताए । यसलाई अगाडि बढाउन नेपाली कांग्रेसलाई सबल र सक्षम बनाउनु पर्ने उनको भनाई छ ।

सबै जात, धर्म, लिङ्ग र भाषालाई संरक्षण र संवर्द्धन नगरेसम्म देश विकासको र समुदाय विकासको कुरा केवल खोक्रो नाराको रूपमा मात्र सीमित हुने उनले बताए । 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया