logo-img

कांग्रेसले चाहे शिक्षा सम्बन्धी विधेयक सच्चिन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले संसद्को सबै भन्दा ठूलो पार्टी कांग्रेस भएकोले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने बताएका हुन् । 

उनले भने, ‘तपाइहरूले केही महत्त्वपूर्ण कुरा उठाउनु भएको छ जुन शिक्षासँग सम्बन्धित छ । हामी संसद्को सबै भन्दा ठूलो पार्टी हामीले सच्याउँदै गर्दा विधेयक सच्चिन्छ यसलाई हामीले सच्याउनुपर्छ । कानुन सँग जोडिएका कुराहरू छन् ।’ 

उनले कांग्रेस भित्र नै प्रतिनिधित्वको विषयमा केही कुराहरूमा सुधार गर्नुपर्ने बताए । देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाई छ । 
 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया