logo-img

देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म हाे : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले चाहेमा शिक्षा विधेयक सच्याउन सकिने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल मुस्लिम संघ तेस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन् । 

कांग्रेस संसदको सबैभन्दा ठूलो पार्टी भएकाले कांग्रेसले सच्याउन चाहे शिक्षा विधेयक सच्चिने उनले बताए । उनले भने,‘तपाईंहरूले केही महत्त्वपूर्ण कुरा उठाउनुभएको छ, जुन शिक्षासँग सम्बन्धित छ । हामी संसदको सबैभन्दा ठूलो पार्टीले चाहँदा विधेयक सच्चिन्छ, यसलाई हामीले सच्याउनुपर्छ ।’ 

कांग्रेसभित्र नै प्रतिनिधित्वको विषयमा केही कुरामा सुधार गर्नुपर्ने पनि उनले बताए । देशभरि एकता र सद्भाव कायम गर्नु नै कांग्रेसको धर्म भएको उनको भनाइ छ । 
 





  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया