logo-img

चार प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

सोमबार पनि देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।    

राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र मधेश प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार नेपालमा भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।   





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया