logo-img

यू-१९ साफमा जित्नैपर्ने दबाबमा नेपाल, आज माल्दिभ्सको सामना गर्ने

काठमाडौंमा जारी साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल अपरान्ह साढे १ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

सेमिफाइनलको प्रवेशका लागि नेपाललाई आजको खेल जित्नुको अर्को विकल्प छैन । पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले स्तब्ध भएको थियो । माल्दिभ्सले भने नेपालसँग बराबरी खेले पनि सेमिफाइनलको यात्रा गर्नेछ । 

उसले पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो । समूह ‘ए’ बाट पाकिस्तानले भने सेमिफाइनलको टिकट सुरक्षित गरिसकेको छ । यस्तै, समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् । 

गत संस्करण उपविजेता बंगलादेश भने समूह चरणबाटै बाहिरिएको छ । ऊ पहिलो खेलमा भारतसँग ३–० तथा दोस्रो खेलमा भुटानविरुद्ध ४–३ गोल अन्तरले पराजित भयो । 



आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ । यी दुई टिमबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । 

प्रतियोगिताका नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । अहिलेसम्म नेपाल र भारतले दुई/दुईपटक यू–१९ साफको उपाधि जितेका छन् । 



  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया