logo-img

साफ यू-१९ मा पहिलो हाफमै माल्दिभ्सविरुद्ध नेपालको २ गोल

काठमाडौंमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपमा  माल्दिभ्सविरुद्ध नेपालले २–० अग्रता लिएको छ ।  

काठमाडौंस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपालले दोब्बरको अग्रता लिएको हो । नेपालले पहिलो हाफमा दुई गोल गरेको छ । नेपालका लागि १८औँ मिनेटमा प्रशान्त लक्क्षम र ३०औँ मिनेटमा समिर तामाङले गोल गरे ।  

पहिलो खेल नेपालले पाकिस्तानसँग १–० को हार बेहोरेको थियो । सेमिफाइनल पुग्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, माल्दिभ्स र पाकिस्तान छन् । अर्को समूहमा भारत, भुटान र बंगलादेश छन् । प्रतियोगिताको सुरुआती दुई संस्करण नेपालले जितेको थियो । 
 





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया