logo-img

कांग्रेस बैठकमा गगन थापाको प्रश्न- सरकारमा बस्ने अनि देश संकटमा छ भन्ने ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश संकटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश संकटमा छ भन्ने ? भन्दै देश संकटमा नभई कांग्रेसको जिम्मामा भएको बताए । 

उनले भने,‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौ, हामी सबैभन्दा ठूलो दल भएका छौँ, ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश संकटमा छ भन्ने देश संकटमा छैन, हाम्रो जिम्मामा छ ।’ 

त्यस्तै उनले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नु पर्ने बताएका छन् । कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नु पर्ने उनको भनाई छ । थापाले भने, ‘हामीलाई यो पाँच वर्षमा जनताकै तहबाट संघीयता चाहिन्छ भन्ने अवस्थामा पुर्‍याउनु छ । हामीले ध्यान दिनु पर्दैन । हामी नैतिक पक्ष रहेर शासनले पाएको जिम्मेवारी पूरा गरेम् भने कुनै कुराले हामीलाई तल माथि गर्न सक्दैन । सबै कुराहरूबाट माथि उठ्न सक्ने ताकत नेपाली कांग्रस भित्रै छ ।’ 

उनले शिक्षा विधेयकमार्फत सार्वजनिक शिक्षाको अवस्था सुधारमा लागि काम गर्नु पर्ने बताए । ‘हामीले संसदमा शिक्षा विधेयक दर्ता गरेका छौ, त्यसमा मुख्य कुरा भनेको सार्वजनिक शिक्षाको अवस्था सुधार गर्नुपर्ने कुरा हो,’ उनले भने, ‘यो सम्बन्धमा शिक्षकको आत्मसम्मान नभईकन, पेसा मर्यादित नभई कन, शिक्षकलाई सन्तुष्ट नबनाईकन शिक्षा राम्रो हुँदैन । शिक्षकहरूसँग सरकारले सम्झौता गरेको छ त्यो राम्रो हो तर एउटा कुरामा छलफल गर्नुपर्छ शिक्षक र पार्टीको सम्बन्ध के हो ।’

कानुनले शिक्षक राजनीतिज्ञ हुन पाउँदैन भनेर प्रस्ट भनेको भन्दै पेसा छोडेर राजनीति गर्छु भन्नेलाई ठाउँ दिनु पर्ने उनको तर्क छ । उनी भन्छन्,‘कानुनले स्पष्ट भन्छ शिक्षक राजनीतिज्ञ हुन पाउँदैन भनेर, हामी प्रस्ट हुनुपर्छ । तर शिक्षकहरू आफ्नो पेसा छोडेर राजनीतिमा आउने कुरा गर्छ भने हामीले त्यो ढोका खोल्नु पर्छ । यो विषयमा शिक्षकहरू र पार्टी दुवै जनाले स्पष्ट धारणा राख्नु पर्छ । शिक्षक पार्टीको सदस्य भएर आउन चाहनु हुन्छ भने पार्टीले त्यसमा पहल गर्नुपर्छ । ’





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया