logo-img

साफ यू-१९ सेमिफाइनल आज, नेपालले भारतसँग खेल्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनल खेल आज हुँदै छन् । आज हुने पहिलो सेमिफाइलमा भुटान र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् । 

यी दुई टिमबीचको खेल दिउँसो साढे १ बजे सुरु हुनेछ । पाकिस्तान समूह ‘ए’ विजेता तथा भुटान समूह ‘बी’ उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका थिए ।

यस्तै, आज हुने दोस्रो सेमिफाइनलमा आयोजक नेपालले भारतको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । नेपाल समूह ‘ए’ उपविजेता तथा भारत समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका थिए ।  

हालसम्म नेपाल र भारतले दुई/दुईपटक उमेर समूहको साफ उपाधि जितेका छन् । नेपाल सन् २०१५ र सन् २०१७ को विजेता हो । भारतले सन् २०१९ र २०२२ मा उपाधि जितेको थियो । 

जारी प्रतियोगितामा नेपाल समूह चरणमा पाकिस्तानसँग हारेको थियो । दोस्रो खेलमा भने नेपालले माल्दिभ्सलाई ४–१ गोलले हरायो ।



भारतले समूह चरणमा भुटान र बंगलादेशलाई हराएको थियो । फाइनल खेल शनिबार हुनेछ । 



  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया