logo-img

साफ यू–१९ च्याम्पियनसिप : टाइब्रेकरमा नेपाललाई हराउँदै भारत फाइनलमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाललाई टाइब्रेकरमा हराउँदै भारतले फाइन्ल यात्रा तय गरेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसित टाइब्रेकरमा ३–२ ले पराजित भएको हो । 

नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरे पनि प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले पेनाल्टीमा गोल गर्न नसकेपछि नेपाल पराजित भएको हो । 

भारतका लागि दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए पनि अर्जुन सिंह, गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे ।

भारतले  २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गोम्सर गोयारीको हेडरलाई साहिल खुर्सिदले डिबक्स भित्रैबाट पोष्टमा प्रहार गरेका थिए । ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए । उनले दीपक थापा मगरको असिस्टमा हेडर गोल गरेका थिए । 

निर्धारित समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले अब पाकिस्तानसँग फाइनल खेल खेल्नेछ । 

यसअघि भुटानलाई टाइब्रेकरमा नै हराउँदै पाकिस्तान फाइनलमा पुगेको थियो । 





  • प्रकाशित मिति : असोज १०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया