logo-img

साफ यु १९को उपाधि भिडन्त : पाकिस्तानविरुद्ध भारतको अग्रता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा उपाधिका भिडन्तमा पाकिस्तानविरुद्ध भारतले अग्रतालिएको छ । पहिलो हाफ बराबरीमा सकिएको खेलको ६८औँ मिनेटमा भारतले एक गोलको अग्रता लिएको हो । 

भारत र पाकिस्तान दुवैै टोलीले टाइब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए । भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउँदै उपाधियात्रा तय गरेका हुन् । 

भारतले समूह चरणमा बंगलादेशमाथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकिएको थियो।

पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो । भारत भने दुईपटकको विजेता हो । भारत र नेपालले समान दुईपटक यो उमेर समूहको साफ उपाधि जितेका छन् । 





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया