logo-img

भारतले तेस्रोपटक जित्यो साफ यू–१९ च्याम्पियनसिपको उपाधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साविक विजेता भारतले साफ यू–१९ च्याम्पियनसिपको उपाधि हात पारेको छ । फाइनलमा पाकिस्तानमाथि ३–० को जित निकाल्दै भारतले सो उपाधिमा ह्याट्रिक गरेको हो ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतका मङ्लेथाङ केप्गेनले दुई र ग्वग्वम्सार गोयरीले एक गोल गरे । खेलको ६४औँ मिनेटमा मङ्लेथाङ केप्गेनले भारतलाई अग्रता दिलाएका थिए ।

केप्गेनले नै ८५औँ मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारे । इन्ज्युरी समयमा गोयरीले गोल गरेपछि भारतले ३–० को सहज जित पक्का गरेको हो ।

यसअघि, भारतले सन् २०१९ र २०२१ गरी लगातार दुई संस्करणको उपाधि जितेको थियो । त्यसअघि, २०१५ मा भएको पहिलो र २०१७ को दोस्रो संस्करणको उपाधि नेपालले जितेको थियो ।

पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई पेनाल्टी सुटआटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।





  • प्रकाशित मिति : असोज १३, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया