logo-img

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र अस्ट्रेलियाका सभामुखबीच भेटवार्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अस्ट्रेलियाका सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिना र नेपाल भ्रमणमा रहेका सभामुख डिकबीच सिहंदरबारस्थित अध्यक्षको कार्यकक्षमा बुधबार बिहान भेटवार्ता भएको हो । 

भेटघाटमा अध्यक्ष तिमिल्सिनाले सभामुख डिकको नेपाल भ्रमणले नेपाल र अस्ट्रेलियाबीच विद्यमान मित्रवत् सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिएको बताए ।

नेपाल र अस्ट्रेलियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र अस्ट्रेलियाबीच सुमधुर र सहयोगात्मक सम्बन्ध रही आएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले आपसी विश्वास, समझदारी र पारस्परिक सहयोगमा आधारित मैत्रीपूर्ण सम्बन्ध पछिल्ला दिनमा अझ फराकिलो  र गहिरो बन्दै गएकोमा खुसी व्यक्त गरे ।  

अध्यक्ष तिमिल्सिनाले नेपाल र अस्ट्रेलिया दुवै स्वतन्त्र, खुला र विविधतायुक्त समाज भएका लोकतान्त्रिक मुलुक भएकाले लोकतान्त्रिक पद्धति, मूल्य–मान्यता र संस्थालाई थप सुदृढ बनाउन अनुभव आदान–प्रदान गर्नु आवश्यक रहेको बताउँदै दुवै देशको संसदमा मैत्री समूहहरूले दुई देशका संसद्हरूबीचको सम्बन्धलाई थप गतिशील बनाउने अपेक्षा गरेको बताए ।

अस्ट्रेलियाले नेपालको समाजिक–आर्थिक विकासमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक र आर्थिक विकासमा अस्ट्रेलियाको सहयोग अझ वृद्धि हुने विश्वास पनि व्यक्त गरे ।  





  • प्रकाशित मिति : असोज १७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया