logo-img

कानुनको छिद्र प्रयोग गरी गम्भीर अपराधीलाई माफी दिनु गलत : सांसद थापा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनको छिद्र प्रयोग गरी गम्भीर अपराधमा संलग्न रहेको ठहर भएकालाई माफी मिनाहा गरिएको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बदनियतसाथ गरिएका यस्ता कुराको विरोध गर्ने बताए ।

संविधान दिवसको दिन ६७० जनालाई माफी मिनाहा गरिएको उल्लेख गर्दै उनले त्यसमध्ये कतिपय संविधानसम्मत र कानुन सम्मत भए पनि संविधानको मर्म विपरीत कानुनको छिद्रबाट बदनियतका साथ छिरेर गम्भीर अपराध ठहर गरिएकालाई कैद माफी मिनाहा गरिएको बताए ।

उनले भने, ‘बदनियतका साथ भएको यो निर्णय गलत छ । यसको विरोध हुन्छ र हामी गर्छौ ।’
 
यो विषय अदालतको ढोकासम्म पुगेर आफूहरूलाई गिज्याइरहेको र अदालतमाथि पनि प्रश्न खडा भएको उनको भनाई छ ।





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया