logo-img

लाओससँग खेल्नका लागि नेपाली टिम सबै किसिमले तयार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एसिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तीव्र पारेको छ ।

असोज २५ गते दशरथ रंगशालामा हुने लाओससँगको खेलका लागि तयारी तीव्र पारेको हो । फिफा बरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन् । 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलबार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए । लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको उनले बताए । 

त्यस्तै, खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताए । तयारी राम्रो भएको र नयाँ खेलाडी भएकाले जोश जाँगर रहेको उनले बताए । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने बताउँदै उनले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताए । 

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया