नेपालले बिहीबारदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुवैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् ।
भोलि साँझ साढे ५ बजे लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनिसले बताए ।
यो खेल आफ्ना लागि पनि अवसर उनको भनाइ छ । ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाटशतप्रतिशतदिने प्रयास गरेको छु,’ उनले भने ।
प्रशिक्षक एनिसले टिममा रहेका नयाँ र ऊर्जावान् युवाले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए । ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु,’ उनले भने ।
कप्तान किरण चेम्जोङले योपटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिवर्तन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए ।
चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।