logo-img

विश्वकप पुग्ने यात्रा सुरु गर्दै नेपाल, आज लाओससँग भिड्दै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फिफा विश्वकप २०२६ को एसियाली छनोटको पहिलो चरणमा नेपालले आज लाओससँग खेल्दैछ । नेपाल–लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।

नेपाल घरेलु मैदानको फाइदा उठाउँदै लाओसविरुद्ध जित निकाल्ने सोचमा छ । लाओस नेपाललाई घरेलु मैदानमा स्तब्ध पार्ने दाउमा छ । नेपाली टोलीका प्रशिक्षक र कप्तान दुवैले नेपाल लाओसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने दाबी गरेका छन् । 



प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनिसले टिममा रहेका नयाँ र ऊर्जावान् युवाले राम्रो प्रदर्शन गर्नेमा आशावादी रहेको बताए । कप्तान किरण चेम्जोङले योपटक लामो तयारी गरेको बताए । 

लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिवर्तन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

नेपालको पहिलो चरणको दोस्रो खेल १७ अक्टोबरमा लाओसमा खेल्नेछ । प्रशिक्षक एनिसले लाओसविरुद्ध खेलका लागि बुधबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए । टिममा हिमालयन शेर्पा क्लबका डिफेन्डर अमृत श्रेष्ठ र न्यू रोड टिमका फरवार्ड सञ्जिव विष्टले पहिलोपटक मौका पाएका छन् । 



लाओसविरुद्धको खेल हेर्न नेपाल फुटबल संघ (एन्फा) ले साधारणतर्फ ३ सय र भिआईपीतर्फ ५०० रुपैयाँ टिकटदर तोकेको छ ।

नेपाली टिम 



गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल ।  

डिफेन्डर : सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट । 

मिडफिल्डर : सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी  

फरवार्ड : अञ्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया र सञ्जीव विष्ट ।  

  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार ७:१३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया