logo-img

विश्वकप छनोट : लाओसविरुद्ध बराबरी गोल, अञ्जन बने नेपालका सर्वाधिक गोलकर्ता

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले बराबरी गोल गरेका छन् ।

यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

लाओसविरुद्ध ४८औँ मिनेटमा गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।

अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया