logo-img

नेपाल र लाओसले खेले बराबरी, दोस्रो लेग असोज ३० मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अन्जन विष्टको, कीर्तिमानी गोलसँगै नेपालले विश्वकप छनोटअन्तर्गत पहिलो चरणको पहिलो लेगमा लाओस विरुद्ध १–१ को बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा पछि परेपछि नेपालले दोस्रो हाफको सुरुवातमा नै खेलमा बराबरी गरेको हो । नेपालका लागि अन्जनले गोल गर्दा लाओसका लागि कप्तान बौनफाचन बौनकोङले गोल गरेका थिए ।

४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा हेडमार्फत गोल गर्दै अन्जनले नेपाललाई खेलमा फर्काएका थिए । 

अन्जनको कीर्तिमान

अन्जनको यो गोलसँगै उनले राष्ट्रिय पुरुष फुटबल टोलीबाट सर्वाधिक गोलको कीर्तिमानमा बराबरी गरेका छन् । उनले हरि खड्का र निराजन रायमाझीको १३ गोलको कीर्तिमानीसँग बराबरी गरेका हुन् । 

उनले आफ्नो ६०औँ खेलमा कीर्तिमानी बराबरी गरेका हुन् । सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै अन्जनले राष्ट्रिय डेब्यु गरेका थिए ।



पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइनेछ । एसियाली टोलीमध्येको बरीयतामा सबैभन्दा तल रहने २० टोली पहिलो चरण खेल्दै छन् । 

नेपाल र लाओसबीचको दोस्रो लेग असोज ३० गते लाओसमा हुने छ । दुई खेलमा अघि रहने टोली छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।



  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया